Logo

विद्यालयको प्राङगणमा समुदाय–प्रहरी साझेदारी



पर्वत । कुश्मा नगरपालिका–३ स्थित काफलचौर उच्च माद्यामिक विद्यालयको प्राङगणमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द कुश्माको सहकार्यमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा देखिने अपराधिक गतिविधिलाई र अन्य समस्यालाई सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै जिल्ला प्रशासन सधै समुदायको साथ र सहयोगको लागि तयार रहने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनु भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, कुश्मा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेज प्रसाद उपाध्याय, सरुन्चौर टोल सुधार समितिका अध्यक्ष बेग बहादुर बिक आदिले अन्तरक्रिया कार्यक्रमको महत्त्वबारेमा मन्तव्य व्यक्त गर्नु भएको हो । कार्यक्रममा मदिरा नियन्त्रण, महिला हिंसा न्यूनिकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल समेत गरिएको छ ।

सामुदायिक सेवा केन्द्र कुश्माका पदाधिकारीहरु, काफलचौर उच्च माद्यामिक विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, ज्येष्ठ नागरिक, वुद्धिजीवी, समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।



प्रतिक्रिया दिनुहोस्