Logo

राहुल गान्धीसँग विमानमै महिलाले आक्रोश पोखिन् (भिडियोसहित)



कँग्रेस आईका नेता राहुल गान्धी श्रीनगरस्थित विमानस्थलबाट फर्काइएपछि २४ अगष्टमा दिल्ली आउँदै थिए । उनी बसेको विमानको सिटमै एक काश्मीरी महिलाले आफ्नो आक्रोश पोखिन् ।

महिलाले आक्रोश पोखिरहँदा राहुल टाउकोमात्र हल्लाइरहेका देखिन्छन् । उक्त भिडियो राहुलकी बहिनी प्रियंकाग गान्धीले ट्वीटरमा राखेकी छिन् । महिलाले ठूलो आवाजमा अहिलेको अवस्था कहिलेसम्म रहन्छ ? भनी प्रश्न गरेकी छिन् । मानिसहरु घरबाट निस्कन भयभित भइरहेको उनको भनाई छ ।

भारतले काश्मिरलाई दिएको विशेष राज्यको दर्जा खारेज गरेपछि त्यहाँ सुरक्षास्थितिमा कडाई गरिएको छ । राजनीतिक दलका नेताहरुलाई समेत काश्मिरमा जान बन्देज लगाइएको छ । काश्मिरका नेताहरुलाई घरमै नजरबन्दमा राखिएको छ ।

https://www.youtube.com/watch?v=qE8nhizBz1w



प्रतिक्रिया दिनुहोस्