Logo

अरुण जेट्लीको राजकीय सम्मानका साथ अन्त्येष्टि



भारतका पूर्ववित्तमन्त्री अरुण जेट्लीको अन्त्येष्टि गरिएको छ । उनको २५ अगष्टमा दिल्लीमा अन्त्येष्टि गरिएको हो ।

भारतीय जनता पार्टीको मुख्यालयबाट जेट्लीको पार्थिव शरीरलाई फूलमालासहित अन्त्येष्टिस्थल निगमबोध घाटमा लगिएको थियो । राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा भारतका रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायत सत्तापक्ष र विपक्षका वरिष्ठ अधिकारीहरु सहभागी थिए ।

जेट्लीलाई उनका छोरा रोहन जेट्लीले दागवत्ती दिएका थिए । उनकी श्रीमती संगिता जेट्ली र छोरी सोनाली जेट्ली छिन् । भारतको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन जेट्लीले खेलेको भूमिका अविस्मरणीय रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्री भएका उनको पालामा नोटबन्दी जस्तो जोखिमयुक्त कदम चालिएको थियो ।

२४ अगष्टमा ६६ वर्षको उमेरमा जेट्लीको निधन भएको थियो । उनी लामो समयदेखि स्वास्थ्यको खराबीले आराम गरिरहेका थिए । तीन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्