Logo

रुस जी-७ मा फर्कने ट्रम्पको खुलासा



यसपटक विश्वका सात ठूला औद्योगिक राष्ट्रहरुको समूहमा रुस थिएन । रुस सहभागी नभएको जी ७ बैठकबारे धेरेको चर्चा परिचर्चा भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी ७ समूहमा रुस फर्कने खुलासा गरेका छन् । रुस विश्वका अग्रणी औद्योगिक राष्ट्रहरुको समूहमा फर्कने बारेमा ट्रम्पले छलफल गरेका थिए ।

यसपटक फ्रान्समा भएको बैठकमा रुस सहभागी थिएन । सन् २०२० मा अमेरिकामा हुने अर्को शिखर सम्मेलनमा पुटिन सहभागी हुनसक्ने ट्रम्पले बताएका थिए ।

ब्लूमबर्गका अनुसार ट्रम्पले भने पुटिनलाई अर्को शिखर सम्मेलनमा आमन्त्रित गर्न सम्भव छ । जी ७ देशका नेताहरूले रसियाको सम्भवतः विश्वका अग्रणी औद्योगिक राष्ट्रहरुको क्लबमा फर्कने बारेमा छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्