Logo

मोदी र ट्रम्पबीच भेट हुँदै



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विशेष भेटवार्ता हुनेभएको छ । विश्वका ठूला सात धनी देशहरुको समूह जी सभेनको सम्मेलनमा सहभागी हुन मोदी फ्रान्स पुगेका हुन् । २६ अगष्टको साँझ दुई नेताबीच विशेष भेट हुने बताइएको छ ।
काश्मिरलाई विशेष राज्यको दर्जा दिइआएको संविधानको धारा खारेज गरेपछि मोदी र ट्रम्पबीच प्रत्यक्ष भेट हुनलागेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्पसँग काश्मिर मामलामा कुराकानी हुनेछ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्रम्पलाई भेटेर काश्मिर मामलामा मध्यस्थताको आग्रह गरेको खबर आएको थियो । ट्रम्पले आफूले काश्मिरबारे मध्यस्थताको चाहना राख्दै ट्वीट समेत गरेका थिए । अमेरिका र भारतबीच घनिष्ठ सम्बन्ध रहेकाले काश्मिर मामलामा अमेरिकाले भारतलाई समर्थन दिने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्