Logo

यार्सागुम्बा सहित पक्राउ



काठमाडौं । चर्चित जडिबुटी यार्सागुम्बा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका ७ घर भई हाल काठमाडौं मित्रनगर बस्ने शेखर विसी र कमल विसी रहेका छन् ।

प्रहरीले महानगरपालिका २६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट यार्सागुम्बा डेढ केजी सहित उनीहरुलाई ८ भदौको राति पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्