Logo

पसलमा रेडपाण्डाको छाला बरामद



काठमाडौं । जंगली जनावरको छाला प्रहरीले बरामद गरेको छ । ८ भदौको दिउँसो बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडास्थित उपेन्द्र मल्लको कपडा पसलमा एक महिलाले जनावरको छाला छाडेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । यसबारे पसलधनी उपेन्द्र मल्ल र पसलधनीका साथी केशव राज गौतमसँग सोधपुछ हुँदा महिलाले फसाउने उद्देश्यले छाला छाडेको बुझिएको छ ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही स्थानमा रहेको कपडा पसलमा रेडपाण्डा जस्तो देखिने करिब तीन फिट लम्बाई भएको छाला बरामद गरेपछि अनुसन्धान हुँदा फसाउने उद्देश्य देखिएको हो ।

त्यस्तै, जाजरकोटमा रेडपाण्डाको छाला दुई थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका ५ थल बजार राम बहादुर घर्तीलाई ८ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्