काठमाडौं, १० भदौ । आजदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको नाडा अटो शोमा १६० स्टलहरु रहेका छन् । आजदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने नाडा अटो सो–२०१९ १४ औं संस्करणको रुपमा सुरुवात भएको हो । उक्त शोको उद्धघाट्न अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । यो बर्षको प्रर्दशनीमा गत वर्षभन्दा निकै उत्साहित रुपमा एक्जकेटरहरु बढेको आयोजकले जनाएको छ । गत वर्ष ७१ एक्जकेटरहरु रहेकोेमा अहिले त्यो संख्या बढेर ९५ पुगेको छ ।
९५ एक्जकेटरमध्ये चारपाङ्ग्रेमा २३, दुई पाङ्ग्रेमा १९ वटा कम्पनीहरु रहका छन भने लुब्रिकेन्टमा १२, टायरमा नौ, ब्याट्रिमा पाँच तथा स्पेयर पार्टस, ग्यारेज इक्युपमेन्ट एसोसिरिज गरेर १४ वटा कम्पनी र बैकिंङ, इन्सुरेन्स गरेर १३ वटा संस्थाको सहभागिता रहको छ ।

गतवर्ष भन्दा यसपालि प्रर्दशनीस्थलको ठाँउ बढाएका कारण पनि यो पटक १४ वटा एक्जकेटरहरु थप्न सफल आयोजक नेपाल अटो मोबाइल एशोसियसनले जानकारी गराएको छ । पछिल्लो बर्ष नाडा अटो सो संग सम्बन्धीत एक्जकेटर कम्पनीहरुलाई ठाँउ दिन नसकेको जनाउदै नाडालाई सहयोग पु¥याउने बैकिंङ तथा इन्सुरेन्स कम्पनीको पनि सहभागिता रहेकोे आयोजकले जनाएको छ ।
करिव ७५ हजार अवलोकनकर्ताले अटो शो को अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । नाडा अटो शो २०१९ का संयोजक निराकार श्रेष्ठका अनुसार यस पटकको अटो शोमा आउने अवलोकन कर्ताले सवारी खरिदको लागि बैंक तथा वित्तियसंस्थाबाट पाइने ऋण र बिमा सम्बन्धी ज्ञान पनि पाउने जानकारी गराए ।
उक्त जानकारी तथा सेवा प्रदानकालागि १३ वटा बैंक तथा विक्तिय संस्थालाई सहभागिता गराएको उनको भनाई रहेको छ । प्रर्दशनीस्थललाई सुविधायुक्त बनाउनको लागि यसपटक भृकृटिमण्डपमा रहेको बगैचालाई पनि प्रयोगमा ल्याएको र बाटो माथीबाट ओभर हेड ब्रिजको निमार्ण भएका कारण अवलोकनमा सहजता थपिने उनले जानकारी गराए ।
अवलोकनकर्तालाई पार्किङको सुविधालाई मध्येनजर गर्दे मोटरसाइकल तथा गाडीको लागि छुट्टाछुटै पार्किङको व्यवस्था गरिएको पनि उनले बताए । मेलामा नयाँ मोडका गाडी तथा बाईकहरुमा आर्कषक सुविधा सहितका योजनाहरु सार्वजनिक गरिएका छन ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया