Logo

चिनियाँ पर्यटकले रुसमा एक खर्ब खर्च गर्ने 



यस बर्ष चिनिया पर्यटक हरुले रुस भ्रमण गरी एक बिलियन डलर खर्च गर्ने अपेक्षा गरिएको छ । रुसमा चिनियाँहरुको भ्रमण वृद्धि भउपछि यो अनुमान गरिएको हो ।

रूसी केन्द्रीय बैंकको २०१९ को पहिलो त्रैमासिकको तथ्याकमा यो अनुमान आधारित छ । यसैले केन्द्रीय बैंकका अनुसार चिनियाँ नागरिकले रुसमा दुई करोड लाख अमेरिकी डलर खर्च गरेको छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनका पर्यटकलाई विश्वभरबाट आकर्षित गर्ने प्रयास भइआएको छ । खर्च गर्न सक्ने चिनियाँहरु रुस जाने गर्छन् । रुसमा चिनियाँ पर्यटकको प्रवाह ह्वात्तै बढेको छ । लोकप्रिय शहरहरू मस्को र सेन्ट पिटर्सबर्गमा चिनियाँहरु बढी पुग्दछन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्