Logo

नाडा अटो शोको सानदार तस्वीर (फोटोफिचर)



काठमाडौं, १० भदौ । आजबाट काठमाडौंको भृकुटीमण्डमा नाडा अटो मेला शुरु भएको छ। उक्त मेलाको आज अर्थमन्त्री डा. युवराज खतिवडाले नाडा आटो शो २०१९ को विधिवत उद्घाटन गरेका हुन् ।

प्रत्येक वर्ष दसैँतिहारलाई लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ।

अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै खाले अटो प्रोडक्ट तथा ब्रान्डहरुका गाडीहरु यसै सोमार्फत प्रदर्शन गरिने हुनाले पनि त्यसो भनिएको हो । सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ ।

सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ । यस वर्षको अटो सो १४ औँ संस्करणको सो हो ।

                                                                                                                                         तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्