Logo

‛‛राजा आऊ रवि बचाऊ नारा किन लागे” 



वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रवि लामिछाने पक्राउको घटनापछि उत्पन्न परिस्थितिबारे गहिरो चिरफार गरेका छन् । घटनापछि व्यवस्था र प्रणालीमाथि नै प्रहार गर्न खोजिएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग उनले गरेको कुराकानीः

दुरुत्साहन कस्तो प्रतिकृतिको मुद्दालाई भनिन्छ ?
अपराध दुरुत्साहनलाई नेपालमापहिलो पटक अपराधी मुद्दा सरह मान्यता दिइएको छ । यसअघि दुरुत्साहनलाई अपराधी मुद्दा भनिएको थिएन । अहिले तपाईंले उठाउनुभएको मुद्दा चर्चित प्रसंगसँग जोडिएको छ । अहिले रवि लामिछानेजीलाई लागेको अपराध दुरुत्साहनको मुद्दाले मुलुकमा ठूलो चर्चा पाएको छ । समाजका हरेक कर्नरहरु यसको पक्ष र विपक्षमा वादविवाद चलिरहेको छ । अपराध दुरुत्साहन भन्नेले सामान्य भाषामा जनताले बुझ्ने गरी भन्दा कुनै पनि व्यक्तिलाई आपराधिक घटना घटाउनका लागि वाध्य बनाउने परिस्थिति सिर्जना गर्ने कार्य यसलाई अपराध दुरुत्साहन भनिन्छ । यो दुरुत्साहन भन्ने शब्द यस्तो हुन्छ कि, अपराधमा दुरुत्साहन गर्ने व्यक्ति आपैm संलग्न भएको हुँदैन । तर, अपराध गर्नका लागि परिस्थिति निर्माण गर्ने भूमिका रहेको हुन्छ । दुरुत्साहन गर्ने व्यक्तिउसको आत्महत्या बाहेक कुनै पनि विकल्प नरहने गरी प्रभाव पार्यो भने त्यसलाई आत्महत्याको दुरुत्साहन भनिन्छ ।

सामान्य प्रकृतिका घटनामा पनि दुरुत्साहन हुन सक्छ । हामी अहिले आत्महत्याको मात्रै कुरा गरिरहेका छौं । कुनै अमुक व्यक्ति वा घटनाले यस्तो परिस्थति आयो कि जसका कारणले ऊ आत्महत्या गर्न वाध्य भयो । आत्महत्याको लागि पे्ररित गर्ने काम गर्यो भने त्यसलाई आत्महत्याको दुरुत्साहन भनिन्छ । दुरुत्साहन भन्ने बित्तिकै आरोप लागेका व्यक्ति नै अपराधी हुँदैन । रवि लामिछानेजीको विषयमा दुरुत्साहन हो कि होइन त्यो अदालले पैmसला गर्ला ।

वरिष्ठ अधिवक्ताको हैसियतले के भन्नुहुन्छ रवि लामिछानेलाई मुद्दा दुरुत्साहन हो कि होइन?
सञ्चारकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा रवि छामिछानेको उपस्थिति संलग्नता छ भन्ने मुद्दै होइन । सरकारले हिजो अदालतमा पेश गरेको अभियोग पत्रमा के हो भने शालीग्राम पुडासनैले आपैm आत्महत्या गरेको हुन््, त्यसमा रविले मारेको, झुन्ड्याएको, विषय खुवाएको, डोरी किनिदिएको अथाव रवि आपैm त्यो घटनामा भौतिक रुपमा उपस्थित भएको भन्ने यो मुद्दा नै होइन । अहिले त उनलाई अभियोग मात्र हो । त्यो अभियोगमा भनिएको शालिग्रामले आपैंmले आत्महत्या गरेको हुन् । आत्माहत्या भन्ने वित्तिकै आपैंmले गर्ने हो । तर, त्यो आत्माहत्या गर्ने कुरामा रविको भूमिका थियो र यो घटनामा संलग्न भनेर आरोपीहरुले त्यस्तो परिस्थिति सिर्जना गरिदिए जसका कारण शालिग्राम आत्माहत्या गर्न वाध्य भयो भनिएको छ । रवि लामिछानेकै हातले घटना घटाएको भन्ने होइन ।

दुरुत्साहन भन्ने मुद्दा नेपालमा पहिलो अभ्यास भएकाले यो सर्वोच्च अदालतमा बहस भएर किनारा लागि नजिर स्थापित भएको छैन । हिजोबाट थुनछेक मुद्दा दायर भएको छ । यस्तो प्रकृतिको मुद्दा नेपालमा पहिलो अभ्यास भएकाले यसका पक्षमा वा विपक्षमा बहस गर्ने कानुनव्यवसायीलाई पनि त्यति सजिलो छैन । यो विदेशमा भएको कुरालाई स्वअध्ययनको आधारमा गरिएको अभ्यास हो । त्यसैले जनतामा विभिन्न आशंका, आक्रोश, विरोध देखिएको हो । यो अप्ठ्यारो सरकारी, निजी सबै वकिलहरुलाई छ । यो नितान्त नयाँ खालको मुद्दा भएकाले यसमा सबै तह तप्काका मानिसम ान्यायाधिशहरुले कसरी बहस र छलफल गर्दान् भन्ने कौतुहलता भएको हो । मुलुकमा नयाँ कृतिको कानुन लागू भएको बेलामा समाजमा नयाँ प्रकृतिको घटना सिर्जना भयो त्यसले सबैमा आशंका उज्जाएको हो । यो घटनालाई लिएर सडकमा अत्यन्तै नकारात्मक नारा र दृश्यहरु पनि देखाइएको छ । त्यसले यो घटनालाई लिएर अत्यन्तै अमानवीय खालका क्रियाकलाप भएका छन् । यसले हाम्रा समाजलाई भ्रष्टिकरणतिर लाँदैछ ।

यो दुरुत्साहन घटनमा अदालतले दोषी किटान गर्न सक्छ कि सक्दैन ?
दोषी किटान गर्नलाई प्रशस्तै प्रमाण, आधारहरु छन् भने गर्न सकिन्छ । यो काम गर्न अदालत सक्षम छ ।

विभिन्न खाले आन्दोलनहरु भइराखेका छन् अदालतलाई दवाव त छनि ?
विचारधीन मुद्दालाई लिएर जसरी विभिन्न किसिमका नारा, जुलुस गरेर दबाब सिर्जना गरिएको छ । कतै नेताहरुको नाम जोडिएको छ । प्रतिष्ठित व्यक्तिहरुको नाम जोडिएको छ । हिजो मैले पनि देखें यसलाई राजनीतिकरण गरिएको जस्तो ‘राजा आऊ रविबचाउँ’ जस्ता नाराहरु लगाइएको छ । यो मुद्दामा रविजी निर्दोष हुनुहुन्छ भने अदालतले छोड्छ । विचाराधीन हुँदाहुँदै उहाँका समर्थकहरुको जुन क्रियाकलापहरु छन् । त्यसले चाहिं रविजीको मुद्दाभन्दा पनि अहिलेको व्यवस्था र सिस्टममाथि नै धावा बोल्ने काम भएको देखिन्छ । यो एकदमै निन्दनीय घृणित काम भएको छ । जसरी एउटा घटनालाई लिएर जसरी मुलुकको व्यवस्था र प्रणालीमाथि नै आँचआउने क्रियाकलापहरु भएका छन् त्यसको प्रतिकारमा सम्पूर्ण सचेत नागरिक एकजुट हुनआग्रहगर्दछु ।

दुरुत्साहन कानुनको आधारमा अहिले पनि १३२ जना त थुनामा छन्, मलाई पनि चितवन पुग्दा तपाईंहरु सेलीब्रेटीका लागि आउनुहुन्छ सर्वसाधारणको पक्षमा सुनुवाइभएको छैन भन्ने आवाज सुनें, तपाईंहरुलाई थुप्रै दबाबहरु छन् अब यसलाई संसोधन गरेर जाने कि स्थापित गर्ने ?
नेपालको हकमा अपराध दुरुत्साहन कानुन नितान्त नयाँ हो । जुन कानुन आउने बेलामा म पनि नेपाल बारको उपाध्यक्ष थिएँ । यो ल्याउनको लागि व्यापक छलफल बहस गरेकै हो । सरकारको संघीय संरचनामा पनि छलफलहरु गरेको हो । त्यसबेलाको बारको महासचिव सुनिल पोखरेल अहिले रविजीको तर्पmबाट यो घटनाको बहस गरिरहुभएको छ । यो कानुन ल्याउन बहस छलफल हुँदा धेरै ठाउँमा महासचिव र म सहभागी भएका थियौं । हामी उपस्थित भएर बहस छलफल गर्दा कुनै ठाउँबाट पनि अपराध दुरुत्साहन कानुन ल्याउनु हुँदैन भनेर कहींकतैबाट सुझाव आएन । यो यस्तो व्यवस्था हो जुन ल्याउने बेलामा कुसैको विमति नभई सर्वसम्मत रुपमा आएको हो ।

मान्छेले आत्महत्या गर्छ तर कसैको दबाब र डरका आधारमा गर्छ भने त्यो अपराध ठहर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यताका आधारमा नै ल्याइएको हो ।अन्तर्राष्ट्रिय कानुनी मान्यतालाई टेकेर ब्यापक बहस, छलफल गरेर ल्याइएको कानुन कुनै अमुक व्यक्तिलाई मुद्दा लाग्ने बित्तिकै ब्याक हुनुपर्छ भन्ने सान्दर्भिक होइन । तर निदोर्ष छ भने कुनै राजा वा कसैको पक्षमा आयो नेताको र व्यवस्थाको विरोध ग¥यो भन्ने आधारमा फसाइने कामचाहिं हुनुहुँदैन । यसमा सरकार र प्रशासन पूर्वाग्रही छ जस्तो लाग्दैन । यदि भएको रहेछ भने पनिजुन मुद्दा अदालतमा पुगेको छ उसले त्यस्तो काम गर्दैन । यसलाई अनावश्यक भीड जम्मा गरेर अदालतलाई प्रभावित पार्ने काम जुन भइरहेको त्यो हुनुहुँदैन । यसले स्वतन्त्र न्यायलयमाथि आँच पु¥याउँछ ।

शालीग्राम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन हो ?
बोलेको आधारले मात्रै दुरुत्साहन हुँदैन । यसमा सिम्पल उदाहरण दिन्छु, ‘तपाईं र म अहिले रेडियोमा कुराकानी गरिरहेका छौं, तपाईं बाहिर निस्कनेबित्तिकै प्रहरीले हतकडी लगाएर बन्यो, गंगबुको बसपर्कामा एउटा मान्छेले आत्महत्या छ त्यसमा उसले अन्तिममा फलानाले वाध्यपारेर आत्माहत्या गरेको हुँ भन्यो भन्दैमा दुरुत्साहन भन्न मिल्दैन । त्यसले फालानाले वाध्य पारेर गरेको भन्दैमा दुरुत्साहन हुँदैन । त्यसो भने त मर्ने बेला रिसीबी भएकालाई जसले पनिभन्न सक्छ । हाम्रो प्रमाण कानुनमा के छ भने ‘मृत्युकालीन घोषणा’ भन्ने जसलाई ‘डाइङ डिक्लियर्सन’ भन्ने कानुनी व्यवस्था छ । मृत्युकालीन घोषणा भनेको आफ्नो मृत्युको बारेमा मान्छेले मर्नेबेलामा ऊ सम्पूर्ण माया मोहबाट त्याग गरिसकेको हुन्छ । मर्नेबेलामा मान्छेले सत्य बोल्छ त्यसैले उसले आफ्नो मृत्यु बोलेको कुरालाई माणको रुपमा लिनुहुन्छ भनेर अहिले पनि त्यो व्यवस्था छ । तर, स्वतस्पूmर्त मृत्युकालीन घोषणा र दुरुत्साहनमा फरक छ । यी अलग अलग प्रकृतिका घटना हुन् । कसैले व्यक्तिगत इगोका रुपमा नाम लिने बित्तिक्कै दुरुत्साहन हुँदैन । नामलिएर मात्रै हुँदैन अन्य स्वतन्त्र प्रमाणहरु छन् कि छैनन्, जस्तै रविजीकोमा अन्यव् यक्तिहरु पनि जोडिएका छन् अस्मिता कार्कीलगायत छन् । त्यसमा पनि नाम लिइसकेपछि अन्तिम आफै डोरी किन्न पसलमाग एको भन्ने खालका कुरा पनि आएका छन् ।



प्रतिक्रिया दिनुहोस्