Logo

‛‛आत्महत्याको दुरुत्साहनको कानुन अरुलाई फसाउन विकास भयो”



वरिष्ठ अधिवक्ता विष्णु भट्टराई आत्महत्या दुरुत्साहन सम्बन्धि विद्यमान कानुनमाथि प्रश्न गर्छन् । रवि लामिछाने पक्राउको वैधानिकतामाथि प्रश्न उठाउने उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

अहिले आत्महत्याका घटनाहरु बढिरहेका छन्, त्यसमा जोडिएर दुरुत्साहनका कुरा आएका छन् ?
विद्यमान कानुनले आत्महत्याको दुरुत्साहन भन्ने विषय जसले, जसलाई, जतिबेला पनि फसाउन सक्ने कुराको विकास भएको देखियो । किनभने मर्ने मान्छे मरिसकेको हुन्छ । उसका मान्छेहरुले, होइन यसलाई त फलानाले दुरुत्साहन गरेको थियो भन्ने कुराले जसलाई पनि शंकाको घेरामा राखेर दुःख दिन सकिने अवस्थाको सिर्जना हुन्छ । तर के प्राप्तिक ालागि दुरुत्साहन गरेको भन्ने कुरा जहिले पनि हेरिनुपर्ने हुन्छ । जस्तै अहिले एकजना सञ्चारकर्मी रवि लामिछाने र अर्का सञ्चारकर्मी शालीग्राम पुडासैनीको विषयलाई लिएर हाम्रो विद्यमान फौजदारी संहिताको दफा १८५ बमोजिम मुद्दा चालाइएको छ । केका लागि त्यो दुरुत्साहन गर्नुप¥यो । देशमा विद्दमान कानुका कुरा जान्दाजान्दै कसैले के प्राप्तिका लागि दुरुत्साहन गर्छ ? मानिसले कमाएको इज्जत, प्रतिष्ठा, सम्मान, सम्पत्ति लगायत प्राप्तिका लागि गरिरहेको हुन्छ । उसँग कुनै स्वार्थ, आशा, आकांक्षा केही नहुने तर खाली उसले मलाई दुरुत्साहन गरेको थियो भन्ने अभियोग लगाएका कारण नहुनुपर्ने हो । रविकै कुरा गर्दा शालीग्रामले नभएर उनकै कुनै आफन्त मान्छेले रिइबीले भनिदिएको भरले दुरुत्साहन हुन्छ जस्तो लाग्दैन ।

यसमा त रविनै दोषी हो भनेर उनको श्रीमतीले किटानीका साथ मुद्दा दायर गर्नुभयो यसमा के गर्ने ?
ठीक छ, उहाँले किटानी गर्नुभयो भएन । तर, एउटा फौजदारी अभियोग लाग्ने जसको कारणले जेलमा पाँच पाँच बस्नुपर्ने कसुर मैले किन गर्छु होला ? मैले के उद्देश्य र आकांक्षाका साथ त्यो कुरा गरेँ ? शालीग्रामीजीले मृत्यु वरण गर्नुभयो उहाँलाई त्यसो गराउनका लागि उहाँसँग मेरो केही आशा र प्राप्ति हुनुप¥यो नि । त्यो घटना घटनाउँदा मैले केही पाउनुपर्यो नि त्यसबाट ठूलो मान, सम्मान, इज्जत प्रतिष्ठा पाउनुप्यो नि । त्यो घटना घटाउँदा मेरो ठूलो अपराध लुक्ने केही त हुनुपर्छ होला नि ? यसले त अहिले एउटा टिफरले हानेर मान्छे मार्यो होइन फलानाले दुरुत्साहन गरेर घटना भएको भन्ने भयो भने त कोही पनि मानिस जोगिइँदैन ।

यो फौजदारी संहिता आइसकेपछि देशमा धेरै आत्महत्याका घटना भएका छन् १३२ जना जेल परिरहेका छन् के भन्नुहुन्छ ? तपाईं पनि थाहा छ केहीका सुसाइड नोटमात्र थियो तर जेल हालियो अब के गर्ने ?
हो, मैले त्यही भनिरहेको छु । मलाई फलानाले दुरुत्साहन गरेर आत्महत्या गरेको भने तर दुरुत्साहन गर्नेले के प्राप्तिका लागि गर्यो ? कुन त्यस्तो जादुको छडी थियो जसले दुरुत्साहन गरेका कारणले मैले झुन्डिएर मर्नुपर्यो । होला एक दुई अपवाद त्यस्तो हुन सक्छ तर अहिले त यसको लहरै चलेको छ यो दुरुपयोग हो । हिजो पनि यस्तो घटना भएका थिए, थोरै थिए होलान् हिजो चाहिं दुरुत्साहन नहुने आज दुरुत्साहन हुन्छ? प्रमाणहरु स्थापित हुनुपर्यो नि ? के पाउनका लागि दुरुत्साहन गर्यो ? यस्तो पाउनको लागि भन्ने छैन । खाली फलानो दुरुत्साहन गरेको कारणले मैले आत्महत्या गरेँ भनेर हुन्छ के कारणले दुरुत्साहन गर्यो भन्ने त स्पष्ट हुनुपर्छ नि । त्यसैले भदिदिएर हुन्छ भनेको ।

अदालतमा मुघा विचाराधीन भइरहँदा जुन खालको जनदबाब आएको छ, दबाबको पछि लाग्छ कि आफ्नो कानुनीप्रक्रियामा अगाडि बढ्छ अदालत?
हामीले कुनै फौजदारी कसुर गर्नका लागि फौजदारी कसुरकर्ता अथवा दुरुत्साहनकर्ताले त्यो गरेवापत् के पाउने वा ठूलो त्यस्तो अपराधिक घटनालाई लुकाउने के काम गर्नुप¥यो र दुरुत्साहन गरियो आत्महत्या नै गर्नुपर्ने गरी । हाले कानुनी राज्य, विधिको शासन र सुशासनको कुरा गरिहँदात्यसको पक्षमाभन्दा पनि लोकतन्त्रको बहालीपछि हुलतन्त्रमा विश्वास गर्ने भइसकेका छौं । कुनै नेता, समुह छ जसको कानुनी छानविन भइरहेको भएपनि दबाबमा भीड लाग्ने । अर्को त्यस्तै अभियोगी छ भने पनि छानविनको विश्वासै नगरी भीड जम्माहुने जसले छानविन गर्ने पक्ष नै निरीह हुने अवस्था आएको छ । त्यसकारण यो दुरुत्साहन भन्ने संहिताले पनिजसले, जतिबेला, जसलाई पनि त्यतिकै कसुर लाग्ने अवस्था सिर्जना भएको छ । त्यतिकै मैले कसुर गरेको हुनैपर्दैन ।

तपाईं थाहा छ, विदेशमा श्रीमान् भएकी एक युवातीले आत्महत्या गरिने त्यसमा सासु, ससुरालगायत उनका सबै परिवारलाई दोषी भनियो के भन्नुहुन्छ ?
समाजमा जुनसुकै प्रकृतिका अपराधहरु हुन सक्छन् । तर, त्यसको सत्य, तथ्य प्रमाणका आधारमा छानविन गर्ने हेर्ने काम अदालत छ, त्यसैको लागि त अदालत चाहिएको हो । होइन त्यसैले सडकमा हुलहुज्जत गर्ने कसैले भन्देला त्यसले तिमीलाई १० लाख दिन्छु भनेको थियो, त्यसैले आत्महत्या गरेको भन्देला, त्यतिकै समाउन त मिलने नि ? त्यसले भनेको थियो कि थिएन के थाहा ? आत्महत्या त पहिला पनि हुन्थ्यो भोलि पनिहोला तर त्यसलाई दुरुत्साहन हो की होइन ? सत्यतथ्य प्रमाणको कसीकाँटा लाग्न अदालत चाहिन्छ नि । अपराध पुष्टि हुने खालको प्रमाण हुनुपर्छ अन्दाजमा भनेर हुँदैन ।
आत्महत्या दुरुत्साहनको कानुन पहिलो पटक आएको छ, अदालतमा यसलाई सच्याउनुपर्छ भनेर दबाब परेको यसमा के भन्नुहुन्छ ?
यसमा म एउटा उदाहरण दिन चाहन्छु, जस्तै मेरो कुनै आफन्तले आत्महत्या गर्यो म पीडितामा छु । जुनसुकै मानिसको पनि सामाजिक, पारिवारिक रुपमा अलिकति डिस्ट्रब त हुन्छ । त्यसले मैले कसैप्रति आग्रह, पूर्वाग्रहराखेर फलानाले दुरुत्साहन दियो भन्न सक्ने अवस्थाको अवस्था हुन सक्छ । महिले पहिला पनि भनेको छु, त्यस्तो खालको दुरुत्साहन दिनुपर्ने त्यत्रो घटना घटाउनुपर्ने त्यो फाइदा के भयो दुरुत्साहन दिने मान्छेलाई ?त्यो मुख्य कुरा हो । फलानाले दुरुत्साहन दियो भन्ने तर के पाउनका लागि दुरुत्साहन दियो भन्ने कुराको खोजी नगर्ने ? एक र अर्को कुरा एकछिनको लागि मानौं अमेरिकाबाट नेपालमा फोन गरेर दुरुत्साहन दियो । नेपालबाट मान्छे थुन्ने होर भनेको ?

हाम्रो देशमा भर्खरै भएको घटना श्रीमतीले आत्महत्या गरिने श्रीमान्लाई पाँच महिना कैद गरियो त्यो सही हो त ?
हामीले अहिले कुरा गरेको आत्महत्या दुरुत्साहनको हो । तर, मुद्दाको कुरा जहाँसम्म हुन्छ हरेकका आफ्नाआफ्नै प्रमाणहरु हुन्छन् । त्यसका आफ्नै खाले प्रयोग हुन्छ । एउटा मुद्दाको नजिरलाई लिएर हामीले सामान्यीकरण गर्न सक्दैनौं ।
भर्खरै तपाईले भन्नुभयो कानुननिर्माण गर्दा स्टेकहोल्डरहरु साथमा लिएर व्यापक बहस, छलफल गरेर गर्नुपर्छ भनेर । देशको काल परिस्थितिलाई लिएर साथै विद्यमान ऐन कानुनको दुरुपयोग नहोस् भनेर कानुन निर्माण गर्ने र अनुसन्धान गर्ने अधिकारीहरुले पनि आग्रह, पूर्वाग्रह, पदप्रतिष्ठा आदि कुरालाई बाजीमा राखेर गर्ने कामनहोस् । यस्तो कुराको लागि धेरै सर्तक हुनुपर्छ । के कारण दुरुत्साहन गरेको हो भन्ने छानविन हुनुपर्छ तर यसले दुरुत्साहन दियो भन्ने वित्तिकै समातेर थुन्ने कुरा हुँदैन ।



प्रतिक्रिया दिनुहोस्