Logo

फोन मार्फत यौनजन्य कुरा गर्ने वडा अध्यक्ष प्रहरी नियन्त्रणमा



काठमाडौं । फोनमार्फत युवतीसंग यौन जन्य कुरा गर्ने एक जना वडा अध्यक्ष कारबाहीमा परेका छन् । उनले आफुले गल्ति गरेको भन्दै प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् ।

तनहुँको दमौलीस्थित व्यास नगरपालिका-६ का सूर्यभक्त भण्डारीले स्वयम प्रहरी समक्ष आत्म समर्पण गरेको समाचार आजको गोरखापत्रले छापेको छ ।

भण्डारी विरुद्व सोहि वडाकी एक जना युवतीले बारम्बार फोन मार्फत यौन जन्य कुरा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीमाथी अनुसन्धानको लागि प्रहरीले वडा अध्यक्षको नाममा बाटोको म्याद सहित समयसिमा तोकेपछि उनी प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले भण्डारीमाथी अभद्र व्यवहार सम्बन्धी मुद्दा दायर गर्दे अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जनाएको छ । कानुन अनुसार उक्त मुद्दाको फैसला नभएसम्म भण्डारीको वडा अध्यक्षको पदपनि निलम्बनमा परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्