Logo

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी



काठमाडौं, ११ भदौ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै भण्डारीले उजुरी दर्ता गरेका हुन् ।

पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै रवि लामिछानेविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ । लामिछाने सोमबारमात्रै धरौटीमा रिहाई भएका हुन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनी ११ दिन प्रहरी हिरासतमा बसेका थिए । लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की रिहाई भएका हुन् ।

लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहाई भएका थिए । कार्की भने साधारण तारेखमा रिहाई भएकी हुन् । लामिछानेलाई चितवन जिल्ला अदालतले आगामी असोज ५ गते तारेखमा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्