Logo

फुटसलमा प्रथम पुरस्कार १ लाख ५० हजार



ललितपुर । जावलाखेलमा इन्टर कलेज (प्लस टु), ६-ए साइड दोस्रो फुटसल प्रतियोगिता हुने भएको छ । जावलाखेलमा अवस्थित डि.ए.भी. एन.ई.बी. प्लस टु कलेजले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

गतवर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई १ लाख ५० हजार नगद तथा ट्रफी र प्रमाण पत्रका साथै उत्कृष्ट खेलाडी, गोल रक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने छ ।

प्रतियोगिता १२ भदौं देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा पहिला दर्ता गर्ने ३२ टिमलाई मात्र सहभागि गराइने हुँदा यथाशीघ्र नाम दर्ता गर्न कलेजले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्