Logo

बालुवा उत्खनन गर्ने पक्राउ



धनुषा । अवैध रुपमा बालुवा उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका २ औरही खोलाबार्टे ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर उपमहानगरपालिका १४ मुजेलिया बस्ने २८ वर्षीय उमेश यादवलाई १० भदौको बिहान प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई ट्याक्टर सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्