Logo

लागूऔषध सहित पक्राउ



सुर्खेत । अवैध लागुऔषध सति प्रहरीले युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा बस्ने राकेश थापा क्षेत्री र अर्जुन विक रहेका छन् । प्रहरीले उनीहरुलाई ९ भदौको दिउँसो पक्राउ गरेको हो ।

क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय १० मिलिग्राम र ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्