Logo

सालकको खपटा सहित पक्राउ



भक्तपुर । जंगली जनावर सालकको खपटा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका ८ बस्ने श्याम बहादुर तामाङ र बिशाल तामाङ रहेका छन् । भक्तपुर नगरपालिका १० स्थित कमलबिनायक चोकबाट ३ सय ८० ग्राम सालकको खपटा सहित उनीहरुलाई ९ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको खपटा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्