Logo

जबरजस्ती करणीका अभियुक्त पक्राउ



मकवानपुर । जबरजस्ती करणी गरी भाग्नेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बस्ने २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका १ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई ९ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्