Logo

फरार चोर पक्राउ



पर्वत । चोरी गरी भाग्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ बस्ने मोदी गाउँपालिका ६ घर भएका २१ वर्षीय सरोज परियार रहेका छन् । जिल्ला अदालत पर्वतको फैसला बमोजिम चोरी सम्बन्धी कसुर मुद्धामा ३ महिना कैद सजाय ठहर भई फरार रहेका परियारलाई ९ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

२०७५ माघ २ गते जिल्ला अदालत पर्वतको फैसला पश्चात फरार रहेका उनलाई खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्