Logo

प्ररीलाई दुई हजार घुस दिन खोज्दा



काठमाडौ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिनामंगल बस्ने काभ्रे घर भएका मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका अरुण कुमार जैसवाल रहेका छन् । महानगरपालिका ३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने उनीहरुलाई १० भदौको विहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्