पोखरेलद्वारा सेजन कार्यसमिति सदस्यमा उम्मेद्ववारी दिने घोषणा


काठमाडौं, ११ भदौ । आर्थिक पत्रकार समाज (सेजन) को यही भदौ १४ गते हुने निर्वाचनमा विपी पोखरेलले समाजको कार्यसमिति सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।विगत एक दशकदेखि पत्रकारितामा सक्रिय पोखरेल आर्थिक बिटमा कलम चलाउँदै आएका छन् ।

पोखरेलसँग माउन्टेन टेलिभिजन, एबिसी टिभीलगायत मूलधारका मिडियामा रही काम गरिसकेको अनुभव छ । आर्थिक रिपोर्टिङ, अन्तर्वार्ता तथा समाचार वाचनको समेत काम गरेको अनुभव रहेका पोखरेल समसामयिक आर्थिक विषयमा कलम चलाउँदै आएका छन् ।