Logo

१५ वर्षिय बालिकालाई सामुहिक बलतकार र बेइज्जत गर्ने सातजना पक्राउ



काठमाडौँ । उत्तरपूर्वीय भारतका बिहारमा १५ वर्षिय बालिकालाई सामुहिक बलत्कार गरी सार्वजनिक तवरले नै लज्जित तुल्याएको आरोपमा ७ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
पिडितलाई सात जना पुरुषले अगस्ट १४ मा गाया जिल्लामा हिँड्दै गरेका अवस्थामा आक्रमण गरेका जानकारी पहरी अधिकृत राभ्रीराञ्जना कुमारीले बताइकी छिन् । पिडितको नाम भारतीय कानून अनुसार खुलाउन निषेध छ ।
पिडितले भने अनुसार सात जना मध्ये एउटा पुरुषसँग चाहिँ प्रेम सम्बन्ध थियो । आफ्नै प्रेमीको सल्लाहमा उसको साथीहरुसँग हिँड्न जाँदा त्यो रात उनीमाथि आक्रमण भएको कुरा कुमारीले जनाइन् ।
भाेलिपल्ट उनकी आमाले गाउँका अग्रजहरुको सामु गुनासो पोख्दा उल्टै बनावटी कुरा बताएको आरोप लाएको घटना बारे कुमारीले थप जानकारी खुलासा गरिन् । त्यस पश्चात गाउँलेहरुले पिडित केटीको कपाल खौरी बनावटी कुरा बताएर आरोप लाएको भन्दै दण्डस्वरुप गाउँ वरिपरि हिँड्न लगाएको बयान प्रहरीलाई पिडितले पेश गरिएकाे छ ।
यो अप्राधको मुद्दाको लागि सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीलाई बलत्कार गरेका ६ जना मध्ये तीन जनालाई प्रहरी नियन्त्रणमा लिएको छ भने उनीले गलत आरोप लाएको भन्दै कपल खौरने चार जना दोषीलाई पनि हिरासतमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्