Logo

‘केहि भुंईफुट्टा बर्गले हाम्रा चाडपर्वको अपहरण गर्दैछन्’ : मन्त्री बराल



चाडबाडलाइ सांघुरो नबनाऔं

बुटवल, १२ भदौ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् ।
बुटवलमा आयाृजित एक कार्यक्रममा बोल्दै उनले भने—‘एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं , तिहार, जन्मदिन,माघेसक्रान्ती, नयाबर्ष,क्रिसमस मनाउने चलन फरक चलाएको बनाइएको छ,हामीले उनीहरुकै शैली अपनाउदा चाडपर्वहरु अपहरण भए ,अब मैलिकमै रहेर यसप्रकारको चाडबार्डहरु मनाउनुपर्छ । ’

पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा रहेको उनको चिन्ता छ ।
उनी भन्छन् ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदैछन् ,हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ सोही अनुसार मनाउनुपर्दछ । ’ ‘केहि भुइफुट्टा बर्गले हाम्रा चाडबाडलाइ अपहरण गरिरहेका छन्,हामीले अब यसलाइ रोकेर मौलिक ढंगले मनाउनुपर्छ ,लोप हुन दिनुहुदैन ।’

तीज मौलिक,सांस्कृतिक तथा सामाजिक पर्व भएकाले सबैले आ–आफ्नै स्थान र हैसियत अनुसार मनाउनुपर्नेमा उनले जोड दिए ।
उनले एक वर्गले तीज मनाउदा अर्काे र समुदायलाई असर गर्न नहुनेमा मन्त्री बरालको जोड छ ।

नेपाल बार एशोशियन बुटवलकी पूूर्व अध्यक्ष मिना पाण्डेले तीज सभ्य बन्दै गएको र यस्लाइ जनचेताना जगाउने पर्वको रुपमा बिकासीत गर्नुपर्ने बताइन् ।सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी सहायक क्याम्पस प्रमुुख रिता रेग्मीले महिलाहरुको खुसीयालीको पर्वलाइ सबैले सहयोग गरेर मनाउन दिनुपर्ने बताइन् । उनले संस्कृतीको जगेर्ना गर्ने पर्वमाथि आक्रमण शैह्य नहुने बताइन् ।

सञ्चारिका समूह प्रदेश-५ की अध्यक्ष अमृता अनमोलले पुरुषहरुले दीदिबहिनीको चाडबाडमा साथ नदिएर नाचगान रमाइलो गरे भन्दै बिरोध गर्दै हिड्नु गलत संस्कार भएको बताइन् । उनले ऐन नियमले मात्रै नभएर संस्कारले समाज परिवर्तन हुने धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले रुपन्देही प्रशासनले तीजमाथि कडाइ गर्नु दुर्भाग्य भएको बताइन् ।उनले तीज अब दीदिबहिनीको मात्रै नभएको भन्दै सबैको साझा पर्व भएको धारणा राखिन् । डब्लुडब्लुजे रुपन्देहेकी अध्यक्ष भगवती पाण्डले हिन्दु धर्मसंग जोडिएका चाडबाडलाइ सांघुरो बनाउन नहुने बताइन् ।

रिपोटर्स क्लब प्रदेश ५ सदस्य मिना भट्टराइ ढकालको अध्यक्षता, क्लबका प्रमुख राम कुमार क्षेत्रीको स्वागत तथा प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको सो कार्यक्रमका बक्ताहरुले गत वर्षदेखि तीज मनाउने शैलीमा मौलिकता र सरलता आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्