Logo

जबरजस्ती करणीका एक पक्राउ अर्काे फरार  



काठमाडौं । प्रहरीले जबरजस्ती करणी गर्ने एकलाई पक्राउ गरेको छ भने अर्काेको खोजी हुँदै छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको जानकारी प्राप्त अनुसार श्रेष्ठलाई ११ भदौं दिउसो पक्राउ गरेको हो । हाल मदन थापामगर फरार छन् । प्रहरीले उनको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्