Logo

रक्तचन्दन तथा यार्सागुम्बा तस्करी पक्राउ



काठमाडौं । प्रहरीले रक्तचन्दन तथा यार्सागुम्बाको तस्करी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडी सहित काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धि थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्