Logo

डन पूर्वमन्त्री गुप्ता फेरि जेल जाने



काठमाडौं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि जेल जाने भएका छन् । विगतमा आपराधिक क्रियाकलापमा संलग्न भएपछि पक्राउ परेका उनलाई व्यापारी पवनकुमार संघाई अपहरणमा उच्च अदालत पाटनले दोषी ठहर्याएको छ ।

अदालतले उनलाई दश वर्ष कैद सजायको फैसला सुनाएको हो । उनीसहित आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डे समेतलाई अपहरणमा दोषी ठहर गरेको छ । गुप्तासहितका पाँचै जनाले फैसला उपर सर्वोच्च अदालतमा जाने ठाउँ बाँकी रहेको छ । अन्यथा अदालतको फैसला बमोजिम उनी जेल जानुपर्छ ।

गुप्ता आपूर्तिमन्त्री बनेका थिए । उनीमाथि व्यापारी अपहरण देखि आपराधिक क्रियाकलापको अभियोग लाग्दै आएको छ । रुपन्देहीबाट विगतमा चुनाव जितेर सांसद बनेका उनी नेपाल सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्षसमेत भएका थिए । मन्त्रीबाट हटेपछि पनि गाडी प्रयोग गरेपछि उनको गाडी फिर्ता लिन गएको प्रहरीलाई अवरोध गरेपछि विगतमा चर्चामा आएका थिए । गाडी फिर्ता लिन गएपछि गाडीको अगाडि लम्पसार परेर सुतिदिएका थिए ।

सद्भावना आनन्दीदेवी विभाजित हुँदा उनीमाथि आनन्दीदेवीको अपहरणको अभियोग समेत लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्