Logo

पहिलो उडानमैै निगमलाई एक करोड घाटा



काठमाडौं । बिहीबार बिहान साढे २ बजे एक सय ४६ यात्रु लिएर जापानको ओसाका उडेको नेपाल वायु सेवा निगमले पहिलो उडानमै एक करोड रुपैयाँ घाटा खाएको छ ।

१२ वर्षपछि जापानको ओसाकामा व्यावसायिक उडान भरेको निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किसकेको छ ।

जापानबाट फर्कीदा निगमले ४० जना यात्रु मात्र बोकेर फर्किएको थियो । उक्त उडानकालागि निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा पहिलो गाँसमै ढुङगा लागेको खवर आजको कान्तीपुरले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्