Logo

आज बाबुको मुख हेर्ने, सामाजिक सञ्जालमा देखावटी बढ्यो



काठमाडौं । आज कुशै औंसी । बुवाको मुख हेर्ने दिनका रुपमा यसको विशेष महत्व छ । छोराछोरीले बाबुआमालाई भेटेर मीठो खानेकुरा र लुगा जस्ता उपहार दिने प्रचलन छ । बुवाको आशिर्वाद थाप्नका लागि छोराछोरीहरु टाढा देखि घर या माइती पुग्छन् ।

बाबुको विशेष महत्व र छोराछोरीको बाबुआमासँग मिल्ने दिनका रुपमा पनि कुशें औंशीको महत्व छ । हिन्दु परम्परा अनुसार बाबुलाई भगवान जत्तिकै मानिन्छ ।

तर, पछिल्लो समय संयुक्त परिवार कमजोर भएपछि बाबुआमासँग छोराछोरी टाढिन थालेका छन् । कतिपय रोजगारीको सिलसिलामा विदेशिंदा पनि भौतिक सामिप्यता कम हुनथालेको छ । विदेशमा रहेका छोराछोरीले पनि उपहार पठाइदिने र इन्टरनेटमार्फत् सम्पर्कमा आई कुराकानी गर्ने र आशिर्वाद लिने चलन स्थापित हुनथालेको छ । तर, बाबुको मुख हेर्ने दिन सामाजिक सञ्जालमा बाबुको तस्विर र महिमा राखेर देखावटी गर्ने चलन बढेको छ ।

आजकै दिन काठमाडौंको उत्तरमा पर्ने गोकर्णमा मेला लाग्छ ।



प्रतिक्रिया दिनुहोस्