Logo

सालको काठ बरामद



बर्दिया । अबैध रुपमा लुकाई राखेको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला बर्दिया गुलरिया न.पा.१ गाँउ न.१५ स्थित बुद्धि चौधरीको घर पछाडी केराबारीमा अ.३५ क्विफिट तीन वटा सालको गोलीया बेवारिसे अवस्थामा १२ भदौमा फेला पारी बरामद गरेको हो ।

बर्दिया गुलरिया कार्यालयबाट खटिएको प्रहरी टोली र प्रहरी चौकी खैरापुर (क) संयुक्त गस्ती टोलीले अनदाजी एक लाख चालीस हजार मुल्य बराबरको काठ बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय बर्दियामा बुझाईएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्