Logo

डेढ लाख घुस सहित सहायक प्रधानाध्यापक पक्राउ



काठमाडौं । घुस रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी. रहेका छन् । उनीहरुलाई प्रहरीले एक लाख पचास हजार घुस रकम सहित १२ भदौमा पक्राउ गरेको हो ।

उनीहरुले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले लेखापाल र सहायक प्रधानाध्यापकलाई सेवाग्राहीसँग एक लाख पचास हजार घुस वापतको रकम लिइसकेको अवस्थामा विद्यालय परिसरबाटै घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्