Logo

२५० रोपनी जग्गामा लगाएको गाँजा खेती नष्ट



 

धादिङ । अवैध रुपमा लगाएको गाजा खेती प्रहरीले नष्ट गरेको छ ।गजुरी गाउँपालिका ४ गैरी गाउँस्थित २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती ११ भदौमा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा गाँजा खेती नष्ट गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्