Logo

सुनको मूल्य घट्यो



सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले १३ भदौका लागि छापावाल सुनको मूल्य तोलामा ७२ हजार चार सय र तेजावीको ७२ हजार एक सय रुपैयाँ तोकेको छ ।

१२ भदौमा छापावल सुनको मूल्य प्रतितोला ७३ हजार चार सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय रहेको थियो ।
१३ भदौमा चाँदीको मूल्य प्रतातोला १० रुपैयाँले घटेर मूल्य आठ सय पचासी कायम भएको छ । तीज पर्व नजिकिए सँगै सुनको मूल्यमा चरम बृद्धि भएको कारण व्यापार ठप्प भएको सुन व्यवसायीहरु मर्कामा परेको बताउछन् ।



प्रतिक्रिया दिनुहोस्