Logo

आमा काट्न आदेश दिने बाबु



कसैले आफ्नै बाबुले छोरालाई आमा काट्ने आदेश दिन सक्छ ? के यस्ता नि बाबु हुन्छन् ? के आफ्नै सन्तानले जन्म दिने आमाको हत्या गर्न सक्छ ? यस्तै प्रश्नहरुमा आधारित एउटा किम्मदन्ती कथा प्रचलित छ ।

रेणु ऋषि जमडग्नीकी सतीवर्ता र पतिप्रति निष्ठावान पत्नी थिइन् । उनको सतीत्वका कारण काँचो माटाको भाँडोमा नदीबाट जल भरेर ल्याउन सक्थिन् । हरेक दिन रेणुकाले काँचो माटोको भाँडो बनाएर जल ल्याएपछि ऋषि जमडग्नीले आश्रमको पूजा गर्थे ।

एक दिन नदीतर्फ जाँदै गर्दा आकाशमा देखिएका सुन्दर गन्दर्भहरुप्रति रेणुका लोभिइन् । गन्दर्भको वायुयान अदृश्य भएपछि रेणुका काँचो माटोको भाँडो बनाएर पानी भर्न नदीमा पुगिन् तर भाँडो पग्लिन्थ्यो । लाखौं प्रयास गर्दा पनि पानी भाँडोमा अट्न सकेन ।

लामो समयसम्म पत्नी नफर्किएपछि ऋषि जमडग्नीले यौगिक शक्तिको प्रयोगबाट रेणुका खोलामा पानी भर्न प्रयासरत हुँदा पनि नसकेको दृश्य देखेर ऋषि आक्रोशित भए ।

जमडग्नीले आफ्ना छोराहरु जेठो सोम, माहिलो रुटु, साहिलो तुरभाषु र काहिलो मेघलाई एक एक गरेर आमालाई मार्ने आदेश दिए तर सबैले इन्कार गरेपछि उनीहरुलाई श्राप दिँदै ढुङ्गमा परिणत गरिदिए । अन्तमा, ऋषि जमडग्नीले कान्छा छोरालाई बोलाएर आमाको शीर छेदन गर्ने आदेश दिए । बाबुका आज्ञाकारी परशुरामले आमाको टाउको काटिदिए ।

ऋषि जमडग्नीले आज्ञाकारी छोराप्रति खुशी व्यक्त गर्दै दुईवटा वरदान माग्न लगाए । पशुरामले वरदानमा आमाको र दाजुहरुको जीवन माग गरे । ऋषिले छोराको मातृ, भातृप्रेम र निष्ठाबाट प्रभावित हुँदै मागेको पु¥याइदिए ।

बाबुको आज्ञाको पालन गरी आमाको शिर छेदन गर्न तयार पशुरामले बरदान माग्दा मातृभक्ति र भातृप्रेम बिर्सिएनन् । उनले व्यक्तिगत लाभको लागि केही मागेनन् ।



प्रतिक्रिया दिनुहोस्