Logo

हत्या गर्न खोज्ने पक्राउ



काठमाडौं । ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बौद्ध महांकाल बस्ने सिन्धुपाल्चोक लिशंखु पाखर गाउँपालिका १ घर भएका मनोज लामालाइ १२ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

३१ असारको राति काठमाडौं महानगरपालिका ४ धुम्बाराही सुकेधारामा काठमाडौं हेपाली हाईट बस्ने मोरङ कानेपोखरी गाउँपालिका ६ घर भएका दिपक तामाङलाई टाउकोमा गहिरो चोट लागि बेहोस भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको अभियोगमा मनोजलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्