Logo

बाँसको झांगबाट हातहतियार बरामद



रौतहट । बाँसको झांगबाट  प्रहरीले हातहतियार बरामद गरेको छ । चन्द्रपुर नगरपालिका ५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक एक थान, सोको जंगी राउण्ड (कार्टिज) चार थान र फायर भइसकेको कार्टिजको खोका चार थान फेला पारी १३ भदौको बिहान प्रहरीले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट तल्लो बजारबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्ति झोला फालेर फरार भए पश्चात् झोलामा प्रहरीले हतियार फेला पारी बरामद गरेको जनाएको छ ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्