Logo

जब ट्रम्प पत्नीको नग्न तस्बिर बाहिरियो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति खरो तरिकाले बोल्छन् उतिनै उदार छन् । एकपटक उनकी पत्नी मेलानिया ट्रम्पको नग्न तस्बिर सार्वजनिक भयो । त्यो तस्विर सन् १९९६ मा खिचिएको थियो ।

फ्रान्सेली म्यागजिन माजका लागि खिचिएको नग्न तस्बिर न्युयोर्क टाइम्सले सार्वजनिक गर्यो । न्युयोर्क टाइम्सको प्रकाशन सामग्री ट्रम्पविरुद्ध बढ्दै थियो । यही परिवेशमा उक्त सनसनीपूर्ण तस्बिर सार्वजनिक भयो । अमेरिका मात्र नभएर संसारभर चासो र चर्चा बढ्यो । एकपछि अर्को नग्न तस्बिर सार्वजनिक हुन थालेपछि ट्रम्पमाथि प्रश्नको ओइरो लाग्यो ।

पत्नी मेलानियाबारे टीकाटिप्पणी हुँदा ट्रम्प सहज रूपमा प्रस्तुत भए । उनले भने,‘मेलानियाको व्यक्तित्व असाध्यै महान् र राम्रो छ । उनी मप्रति निकै दयावान् छिन् । मेरो विचारमा महिलाको सुन्दरता र स्वतन्त्रता देखिनुपर्छ ।’ तस्बिरप्रति गर्व गर्दै भने,‘म त्यस्ता तस्बिरमाथि गर्व गर्छु र तिनले मेलानियाको सुन्दरता प्रकट गरेका छन् ।’

तस्बिरबारे अलग–अलग प्रतिक्रियासमेत दिए । मेलानिया र इरिक्सनको संयुक्त नग्न तस्बिरबारे उनले आफू महिलाहरू संयुक्त रूपमा बसेको मन पर्ने बताए । प्रश्नअनुसारको जवाफ र परिस्थितिअनुसारको बोली बोल्न खप्पिस छन् ट्रम्प । नग्न तस्बिरबारे उनको टिप्पणी त्यस्तै रह्यो । ट्रम्पको यही अभिव्यक्तिले आलोचकलाई चुप लगायो । पत्नीको चरित्रबारे ज–जसले जे भनेपनि ट्रम्पले वास्ता गरेनन् । विरोधीलाई विचलित बनाउने गरी जवाफ दिए । मनमा कुनै तुषसमेत नराखी विरोधीका कुरालाई हावामा उडाइदिए ।



प्रतिक्रिया दिनुहोस्