Logo

गगन थापा धर्नामा बसे, मन्त्रीलाई तनाब



काठमाडौं, १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री गगनकुमार थापा कपन र चावहिल सडक ठेक्का सकिँदापनि नबनाएको भन्दै धर्नामा बसेका छन् ।

सांसद थापाले ललितपुरस्थित सडक विभागअगाडि आज अपरान्ह धर्ना दिएका छन् । थापाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ती दुवै सडकको ठेक्का अवधि सकिँदापनि अझैसम्म पूरा नभएकोमा आक्रोश पोखेका छन् ।

थापाले एक हप्ताभित्र काम नभए सिंहदरबारमै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यकक्षमा धर्ना दिने पनि चेतावनी दिएका छन् । चाबहिल, कपनलगायत काठमाडौं–४ का सडक निर्माणको कामको समयावधि गत वैशाखमै सकिएको जानकारी दिँदै थापाले यस अवधिमा जम्मा २० प्रतिशतमात्रै काम भएको बताए ।



प्रतिक्रिया दिनुहोस्