Logo

६ केजी गाँजा सहित पक्राउ



मकवानपुर । अवैध लागूऔषध गाँजा ६ केजी सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका २ पालदमार बस्ने वर्षीय वीर बहादुर लामा रहेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित १२ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १ जलादपुलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट २ सय ४० पिस, स्पासमो प्रोक्सि ट्याब्लेट २४ पिस र कोरेक्स सिरफ तीन बोतल सहित जनकपुर उपमहानगरपालिका १ डेरा गरी बस्ने सुभाष कुमार यादबलाई १२ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्