Logo

छिमेकीलाई चुलेसी हान्ने पक्राउ



ललितपुर । धारिलो हतियार प्रहार गरी ज्यान मार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियारको प्रहार गरी घाइते बनाएको अभियोगमा गोदावारी नगरपालिका ३ शान्तिवन बस्ने कृष्ण बहादुर तामाङलाई १२ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छिमेकीबीच वादविवाद हुँदा तामाङले सोही स्थान बस्ने रामशरण तामाङलाई चुलेसी प्रहार गरी घाइते बनाएका खबर पश्चात महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । घाइते भएका रामशरण तामाङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्