Logo

समलिङ्गीको समस्या असिमित, सरकारले चासो दिएन



काठमाण्डौ । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायका व्यक्तिहरुले समाजमा धेरै समस्या भोगिरहेका छन् । केही कानुनी सुधार भए पनि त्यो पर्याप्त नभएको र भएको कानुन प्रचलनमा नआउदा व्यवहारमा समस्या भएको उनीहरुले बताउँदै आएका छन्् ।

पछिल्लो समय नेपालमा लैङिगक अल्पसंख्यकहरुको अधिकारका बारेमा राम्रै प्रचारप्रसार भएको छ । महिला र पुरुष दुबै समलिङ्गी हुन्छन् । महिला समलिङगी महिलासँगै यौन आकर्षित हुन्छन् भने पुरुष समलिङ्गी पुरुषसँगै ।

नेपालमा समलिङ्गीको संख्या करिब सात लाखको हाराहारीमा रहेको अनुमान छ । समलिङ्गी, तेश्रोलिङ्गीले सरकारले आफूहरुको समस्या समाधानमा सहयोग नगरेको गुनासो गरेका छन् । सहज रुपमा नागरिकता नपाउनेदेखि अवसरबाट बञ्चित हुनु परेको उनीको आवाज छ ।

त्यस्तो विवाहलाई समाजले स्विकारेको छैन । संविधानमा समलिङ्गी, तेश्रोलिङ्गीको बिषय समेटिए पनि ब्यबहारिक रुपमा कार्यान्वयन नभएको मितिनी नेपाल संस्थाको संस्थापक लक्ष्मी घलानको अनुभव छ । सरकारी सेवामा पनि अनावश्यक प्रश्न गर्ने र मेडिकल रिपोर्टसमेत माग्ने गरेकोले समस्यामा पर्ने गरेको उनीहरुको गुनासो छ ।

यस्तै जन्मदा पुरुष पछि महिला भएकी लब्ली गुरुङ आफुहरुलाई समाजमा बस्न त गारो भएको बताउनुहुन्छ । विदेश घुम्न जाँदासमेत विमानस्थल आफूहरुले सास्ती पाएको उहाँको भोगाइ छ । नीति बन्दा पनि महिला र पुरुषको महल मात्रै राखिएकोमा उनीहरुको आपत्ति छ । उनीहरुले रोजगारीमा आरक्षणलगायतमा मागसमेत गरेका छन् ।

नागरिकता, रोजगारी, विवाह, आरक्षण, चुनावी सहभागिता र शिक्षा तथा स्वास्थ्यमा विशेष ब्यवस्था हुनुपर्ने उनीहरुको माग छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले पनि यसबारे प्राथमिकताका साथ समेट्न उनीहरुले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्