Logo

ट्वीटरका प्रमुख कार्यकारीको एकाउन्ट ह्याकरको नियन्त्रणमा गएपछि



काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ ।

करिब ४२ लाख फलोअर्स रहेकोे उनको एकाउन्ट चक्लिङ्ग स्क्वाडका रुपमा आफूर्ला बताउने ह्याकरको समूहले एकाउन्ट ह्याक गरेको थियो ।

डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेपछि उनको एकाउन्छ ह्याक भएको पत्ता लागेको थियो ।

ह्याकरले उनको एकाउन्टबाट जारी गरेको त्यस्ता ट्वीट १५ मिनेटसम्म रहेपनि पछि त्यसलाई रिकवर गर्न ट्विटर सफल भएको छ ।

उक्त घटना पछि ट्विटरले अहिले ह्याकरको हातबाट एकाउन्ट आफ्नो कब्जामा रहेको जनाएको छ । ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन।



प्रतिक्रिया दिनुहोस्