Logo

दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग (भिडियोसहित)



काठमाडौं, १४ भदौ । दुध उत्पादक किसानहरुले तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दुधको मुल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मुल्य बढाउन माग राखेको हो । आफुहरुको उत्पादन लागतमा बिगत तीन बर्ष यता ३० प्रतिशत भन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने माग राखेका छन ।

उक्त मुल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।

अहिलेकै मुल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मुल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको जानकारी गराए ।

भारतमा माहात्मा गान्धीले जनतालाई आफुले भात खाने थाल हालमा समातेर विहान उज्यालो भएदेखि बेलुका, साँझसम्म चम्चाले ठटाई विरोध जनाउन गरेको अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिसहरु लज्जित भएर भारत छोडेको इतिहाँस आफूहरुको सामु रहेको पनि उनले सुनाए ।

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुसासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टेक्ने उनको चेतावनी रहेको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै समिति सचिवालय सदस्य तथा प्रदेश नम्बर ४ का प्रदेश संयोजक दिपक तिमिल्सेनाले राज्यले किसानको परिश्रमको मुल्यमा खेलवाड गरिरहेको आरोप लगाए ।

बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ । राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे । कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग रहेको छ ।

‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । त्यसलाई बढाउदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामिहरु पुगिसकेका छौ ।’ उनले भने ‘अवका पाँच बर्षलाई कृर्षिबर्र्षको रुपमा धोषणा गरिनुपर्र्छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै संस्थाका केन्द्रिय सल्लाहकार तथा संयोजक राजेन्द्रराज पन्तले राज्यको सबै क्षेत्रमा मूूल्य बृद्वि भईरहेको बताउदै दुधको मूल्य बढाउनमा सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै आएको बताए ।

‘पेट्रोलको पटक–पटक बढ्ने, तरकारी जन्य दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएर छुन नसक्ने अवस्थामा पुगेपनि दुधको मुल्य वितग तिन बर्षदेखि यथावत नै रहेको छ ।’ उनको भनाई छ ।

आफुहरुले बजारमा ल्याएको दुधलाई स्तरिय नमान्ने तर भारतबाट आयात गरिएको दुधमा देशले समृद्वि देखि रहेको भन्दै उनले आक्रोस पोखे । उनले भने ‘पत्रकारदेखि नेतासम्म सबैको परिचयपत्र हुने तर कृषक परिचय पत्र नहुने ।

गाँउ–गाँउमा सिंहदरवार पुगेको भन्ने तर सिंहदरवार छिर्न हामिले अझै नागरिकता देखाउनु पर्ने वाध्यता रहेको छ । तुरुन्त किसान परिचय पत्र वितरण होस ।’

कार्यक्रममा बोल्दै इन्द्रमणि गैरेले विगत तीन बर्षदेखि खाद्यान्नलगायत पशु आहारको मूल्य झण्डै दुई गुना भन्दा बढि बृद्वि भएको र राज्यका राष्ट्र सेवक कर्मचारीको तलब पनि बृद्वि भईरहदा किसानले उत्पादन गरेका दुधको मूल्य यथावत रहेको बताए ।

‘अहिलेकै अवस्तामा नेपालका युवाहरु विदेश पलायत भइरहदा नेपालमा उत्पादनका क्षेत्रमा बृद्वि गर्न नसकेको अवस्थामा राज्यले बैदेशिक रोजगारीलाई बढावा दिएको तर वास्तविक किसानको परिश्रमलाई बेवास्था गर्दे आएको छ ।’ उनले भने ‘किसानको परिचय खै ? आशा छ आगामी दिनमा राज्य सञ्चालन गर्ने निकाय अनुसारकै परिचय पाउने छौ ।’

बैदेशिक रोजगारमा जानेहरुको लगानी सुरक्षित रहने तर किसानको अर्बाे रुपैयाँको लगानी सुरक्षित नहुँदा युवा शक्तिलाई कृर्षि उत्पादनको क्षेत्रमा लगाउन कठिनाई रहेको उनले प्रष्ट पारे ।

आफुहरुको मागलाई राज्यले सुनुवाई नगरे देशभर रहेका प्रतेक स्थानिय निकायका कार्यालयबाट पशु चौपाया सहितको आन्दोलन हुने उनको भनाई छ ।

आफुहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै आश्वासन नपाएको जनाउदै आफुहरु आफ्ना बस्तुभाउलाई प्रतेक वडा कार्यालयमा लगेर बाध्न बाध्य हुने पनि उनको चेतावनी रहेको छ ।

                                                 संस्थाद्वारा जारी गरिएको प्रेष विज्ञप्ति

दुध पशुबस्तु विना मानव जिवन सम्भब छैन । गाई भैसिको मलमुत्र कम्पोष्ट मलको सहि सदुपयोग गर्नेसके बार्षिक अरबौ रुपिया बिदेशिलाई बुझाउनु पर्देन । सरकारले उचित निति ल्याएको खण्डमा समग्र कृषिलाई १५ बर्ष भित्र युरोपियन मापदण्डमा बिकास गर्ने यो संस्थाको प्रतिबद्धता छ । कृषि व्यावसायमा उच्च् लगानी, उच्च प्रतिफल र उच्च जोखिम सँग मुकाबिला गर्न सक्ने सहकारीमय सिद्धान्तमा मुलुकभर क्रियासिल रहने यो संस्था केन्द्रीय कार्यालय हाल चितवनमा रहि बिगत ५ बर्ष यता राष्ट्रिय रुपमा संचालित भएको सबैमा जानकारी गराउद छौं । अत्पकालीन मध्यकामलीन दिर्घकालीन तिनै खाले रणनितिका साथ हामि क्रियासिल छौं । राज्यको कुल ग्राहसत उत्पादनमा ३५ % र ६५% जनता कृषिमा लाग्दा बार्षिक २ खरबको कृष्जिन्य खाद्य पदार्थ बिदेशबाट खरिद गरि नेपाल चलेको छ । बिगतको अस्थिर राजनिति बिगतका सरकारहरुका अधुरदसि निर्णय कृषिको बिनास हुन गयो हामि सँग बिसौं बर्षको कृषिको व्यासायिक र अध्ययनले नेपालको कृषिलाई व्यस्थित गर्न अति जरुरि भएको देखेका छौं यस्तो दुखद अवस्थामा कुल बजेटको ३% बजेटमात्र कृषिमा छुट्याईनु विनियोजित बजेटको ९०% बजेट कर्मचारीको तलब भत्ता इन्धन बैदेशिक भ्रमण आदिमा खर्च भईरहेको छ यसकारण राज्यले आगामि बर्षबाट कुल बजेटको १० % बजेट कृषिमा बिनियोजन गरि नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिने छ । कृषिको सम्मान हुन नसके नेपाल कागजमा मात्र समृद्ध बन्नेछ । नेपनलको कृषिलाई आत्मानिर्भर बनाउन तपसिलका बुदाहरुलाई सिघ्र समाधान गर्नुपर्ने हुन्छ । नेपालका श्रमजिवि किसानको बाच्चन पाउन अधिकारको पक्षमा अवरात्र कलमचलाउनुहुने सम्पुर्ण पत्रकार मित्रहरु ,मिडिया जगत तथा यस रिषोर्टस क्लबपरिवार तथा अध्यक्ष ऋषि धमला ज्यु लगायत सबै सबैलार्य स्वागत गर्न चाहान्छौं ।

१ . उत्पादन लागतमा बिगत ३ बर्ष यता ३०% भन्दा बढि मुल्य बृद्धि भएको छ । यसकारण प्रतिलिटर १० रुपिया किसानले पाउने गरि विना सर्त मुल्य बृद्धि हुनुपर्ने तत्काल मुल्य बृद्धि नभए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खरबौ रुपियाका गाई भैसि नासिने भई राज्यको खरबभन्दा बढिको व्यापार घाटा बढ्ने छ र नेपालको अस्तित्व संकटमा पर्ने खतरा देखेका छौं

२. किसान पेनसन र किसानको बर्गिकरण सहितको परिचय पत्र व्यवस्था गर्नुृपर्ने

३. सौलियत पुर्ण कृषिकर्जाका लागि व्याज अनुदान सम्बिन्धि एकिकृत कार्यविधि २०७५ सम्सोधन सम्बन्धमा

क. कर्जासिमा रकम पाचँ करोडबाट बढाई पन्ध्र करोड बनाउनु पर्ने कर्जा भुक्तानि अवधि पन्ध्र बर्षको र पचहतर प्रतिसत वडि मोडल र पचिष प्रतिशत परियोजना मोडल र किस्ता ता व्याज भुक्तानि चौमासि मोडलमा कृषिकर्जा कार्यन्वयन हुनु पर्ने धेरै बैंकले मासिक रुपमा व्याज र किस्ता असुल्न बाध्य बनाएका छन किसानलाई यस्तो कर्जाले कृषिको बिकास हुन सक्दैन ।
ख. जनताको निक्षेपबाट नभई राज्यको ढुकुटिबाट परियोजनामा आधारित कृषिकर्जा लगानि हसनस पर्ने ।
ग. गाउँ घरका कृषिसहकारि,बचत ऋण सहकारीले एक प्रतिशत व्याजदरमा कर्जा लगानि गर्न सक्ने परिपाटि थालनि गर्नुपर्ने गाउँघरका बचत ऋण सहकारी मुखिया र बैकरहरुले मासिक रुपमा व्याज तिर्न नसक्ने किसानलाई एक दुई महिना केहि ढिलो हुदैमा एक सय प्रतिशत सम्म व्याज हर्जना लियर दुई चार लाख रुपिया ऋणमा करोडौको सम्पति लुट्ने गरेका छन यसकारण यसप्रकारको आर्थिक सम्बैधानिक लुटलाई सिघ्र अनत्य गर्नुपर्ने,कृषि बिमालाई सरकारले अझकिसान मैत्रि र व्यबहारिक बनाउनुपर्ने ।
घ. कृषि क्षेत्रमा बैकहरुले लगानि गर्दा परियोजना मुल्याङ्कनको असि प्रतिशत सम्म परियोजनाको आधारमा लगानि गर्नुपर्ने ।
ङ. बैंकको कुल गगानिको पन्ध्र प्रतिशत कृषितथा पशुपक्षि को आधारभुत उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने ।
च. कृषितथा पशुपक्षि क्षेत्रको परियोजना बिमा हुनु पर्ने
४. स्थानिय तहका हरेक वडाहरुमा स्थानिय तहको नेतृत्वमा कृषि सहकारीको एकजना प्रतिनिधि व्यसायिक कसषक समुहको एकजना प्रतिनिधी व्यवसायिक पशुपंक्षी पाल्ने एक जना किसान सम्बन्धीत तह हेर्ने ए जना कृष् ितथा पशुपंक्षी बिज्ञ सदस्य सचिव हुने गरी प्रत्येक वडा देखि केन्द्र सम्म कृषि बिकास समिति हरु गठन भई कार्यान्वयनमा अगाडि बढ्ने कान्नी वातावरण बनाउनुपर्ने

५. केन्द्रीय दग्ध बिकास बोर्ड नाम मात्रको भएको रत्यहा वास्तबिक किसानकाने प्रतिनिधित्य कम भएको र राजनिती गर्नेहरुको मात्रै अखडा केन्द्ीय दुग्ध विकास बोर्ड रदुग्ध विकास संथान नेपाल भएकोले यिनिहरुको पुर्न संरचना गरी क्षमतावान लाई मात्र कार्यकारी नेत्रित्वमा स्थापित गर्नुपर्ने

६.पाच जिल्ला एक प्रमुख कृषि उत्पादन पद्धतिलाई व्यवसायिक रुपमा बिकास गर्दै नेपालको पशुपालन दुध उत्पादन क्षेत्र लाई आत्म निर्भर कनाउनुपर्ने

७.आधारभूत उत्पादन लागतमा ५० प्रतिशत अनुदान दिनुपर्ने अन्राष्टिय कानुनको नेपाल सरकारले पालना गरी दुध लिटर मा मासु के.जी मभा अनुदान दिनुपर्ने

८. हरेक निर्वाचन क्ष्गेत्रमा समुहिक बिग कोल्ड स्टोर सामुहिक डेरी उद्योग सामुहिक तरकारी तथा फलफूल संकलन र बिक्री केन्द्र साना डेरी पसल मध्यम स्तरका ब्यक्तिगत डेरी उद्योग,m मित मार्ट फरेज सेन्टर पहु हाटबजार र स्थानिय तहका प्रत्येक वडामा कृषि तथा लाईभस्टक कन्सलटेन्र्स सञ्चालन हुनसक्ने वातावरण मिलाउनुपर्ने

९.दुग्ध सहकारीहरुमा सबैभन्दा बढी दुध बेच्ने किसान नेतृत्वमा रहने परिपाति हुनुपर्ने,दुध सहकारीका च्स्यिान केन्द्र फार्महरुका सामूहिक चिस्सयान केन्द्र,सामूहिक डेरी उद्योग सामूहिक दाना तथा फरेज तथा साईलेज उत्पादन उद्योग, फार्महरुमा साइलेस फरेज संकलन रभण्डारण ,पशु हाटकजार स्थापना र संचालनका लागि भौति पूर्वाधार र मेसिनरीमा राज्यबात ८० प्रतिशत अनुदान र एक प्रतिशत भन्सार दरमा कृषि मेसिनरी र कृषि क्षेत्रमा प्रयोग हुने पिकअप भ्यान आदि एक प्रतिशत भन्सार दरमा सहज रुपमा आयात हुने वातावरण बन्नुपर्ने

१०साना निर्वाहमुखि किसान र कृषि सहकारी हरुलाई पयिाृजनामा आधारित एक करोड सम्मको कर्जा एक प्रतिशत ब्यजदरमा लगानि हुनुपर्ने

,
११.प्रत्येक स्थानिय तहका वडाहरुमा कृषि र पशुका दक्ष बिज्ञ जनशक्ति सहितको सेवा केन्द्र स्थापना र संचालन हुनुपर्ने

नोट
नेपाल सरकारले कृषि क्षेत्रलाई बिगतमा जस्तै बेवास्ता. गरिरहे यो क्ष्ोत्र धारासाहि हुने अवस्थामा पुगिसकेको छ । प्रतक्ष्य अप्रतक्ष्य पचासौ लाख नागकिबको रोजगारी गुम्ने खरबैं का पशुवस्तु मर्ने राज्यको खरबौको व्यपार घाटा बढ्ने भई आगामि केही वर्षमा नेपालको अस्तित्य समाप्त हुन सक्ने बिकराल अवस्था देखिन्छ । लाखौ लाख किसान व्यसायिक नैतिक दायित्वका साथ सडकमा आउने अवस्था सिर्जनता हुन सक्छ । संसुारमा ठुलाठुला राजनैतिक परिवर्तन किसान सडकमा आएर भएको छ युकारण नेपालका किसान आन्दोलनका लागि सडकमा सिनस्कन नपरोस् शिघ्र सरकारले उल्लेखित बुदाहरुलाई अ
ध्यन गरी समाधान गर्दै आफ्नो कुशल जिम्मेवारी सम्माननीय नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली ज्यू र माननीय कृषि मन्त्री चक्रपाणी खनाल ज्यूले कमुरा गर्नुहुने छ भन्ने बिश्वास लिन चाहन्छौं छ । नेपालको हावापानी सुहाँउदो उन्नत नश्लको व्यस्थापन खेतीपाती तरकारी,फलफूल खाद्यान्न घाँस खेती उन्नत बिउ बिजनको व्यवस्था र आवश्यक सुविधा भएको खण्डमा यस क्षेत्रबाट राम्रे प्रतिफल लिन सकिने, बार्षिक खरबौंको कृषि उत्पादन बढ्ने, खरबौंको व्यपार घाटा कम हुने र नेपालको कृषि उत्पादन बिदेश सिनर्यात गर्नसकिने निश्चित छ अन्तमा यससंथाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुभएको र अहोरात्र किसानका पक्षमा कलम चलाईरहनुभएको र आँउदा दिनमा पनि किसान कै पक्षमा अहोरात्र कलम चलाई रहनुहुने छ भन्ने बिह्वास लिदै उपस्थित मिडिया कर्मी साथिहरु,मिडिया जगतहरु तथा रिपोटर्स ब्लब परिवार तथा अध्यक्ष क्रषि धमला ज्यू प्रति हार्दिक आभर प्रकट गर्दछौै ।

जय अमृत, जय पशुधन,जय कृषि,जय मातृभूमि नेपाल
केन्द्रीय अध्यक्ष ः
आनन्द निउरे, ९८५५०५८६६७
सचिवालय टिम ः
उपाधक्ष्य ः यन प्रसाद भट्ट९८५६०२९९६६
राजेन्द्र पन्त ९८४९०९०६९५
डिलाराम कडेल ९८५५०६३५२८
दिपक तिमिल्सेना ९८५६०२०४६१
प्रदिप राज पन्त ९८५११३२०३२
ईन्द्र मणि गैरे ९८५५०६३५२८



प्रतिक्रिया दिनुहोस्