Logo

कार रेसमा खेलाडीको मृत्यु (भिडियोसहित)



कार रेसमा खेलाडीको मृत्यु भएको छ । फर्मुला २ चालक एन्थोइन हबर्ट बेल्जियममा भएको कार रेसमा मारिएका हुन् ।

३१ अगष्टमा भएको घटनामा हबर्ट गम्भीर घाइते भएका थिए । २२ वर्षीय उनलाई अस्पताल लगिएपनि मृत घोषित गरिएको थियो ।
अमेरिकी कार रेस खेलाडी जुआ मेनुअल कोरिआको कारसँग उनको कार ठोक्किएको थियो । १७० माइल प्रतिघन्टाका दरले कुदिरहेको कार एक आपसमा ठोक्किएपछि हबर्टलाई चोट लागेको थियो ।

कार कम्पनि रेनल्टको युवा चालक कार्यक्रमसँग उनी आवद्ध थिए । हबर्टलाई उदीयमान फर्मुला वान खेलाडीका रुपमा लिइएको थियो । उनको मृत्युपछि बेल्जियममा भइरहेको कार रेस स्थगित भएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्