Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं । विभिन्न स्थानबाट अबैध लागुऔष सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका ५ घर भएका सुमन लिम्बु रहेका छन् । उनलाई लागूऔषध आईस २.३० ग्राम सहित १३ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, मोरङ जिल्लाको लेटाङ गाउँपालिका २ बुधबारे बस्ने हरिन्द्र कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब एक किलो पाँच सय ग्राम सहित १३ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै, नवलपरासी (पूर्व) देवचुली नगरपालिका १७ बस्ने मिन बहादुर मल्ललाई अवैध लागूऔषध गाँजा पाँच किलो पाँच सय ग्राम सहित १३ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा फेला परेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्