Logo

किशोरी बलात्कारको अभियोगमा होटल मालिक पक्राउ



काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक कृष्ण घिसिङ रहेका छन् ।

चितवन भरतपुर घर भएका ४१ वर्षीय घिसिङले रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजूरीका आधारमा १३ भदौको राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्