Logo

भन्सार छल्ने दश पक्राउ



वर्दिया । भन्सार छलि ल्याएका विभिन्न आयुर्वे्दिक औषधी सहित प्रहरीले दश जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका १ बस्ने राम प्यारी थारु समेत रहेका छन् ।

उनीहरुलाई अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बे्दिक औषधी सहित १४ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका ५ बाट उक्त आयुर्बे्दिक औषधी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्