Logo

बाह्र बोरको बन्दुक सहित गोली बरामद



महोत्तरी । सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीको टोलीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली १३ भदौमा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो ।

बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्