Logo

समाजशास्त्री मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक विमोचन



 

काठमाडौं, १५ भदौ । प्रसिद्ध समाजशास्त्री तथा प्राध्यापक चैतन्य मिश्रको गैर-आख्यान ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तक सार्वजनिक भएको छ । हिजो (शनिबार) डबली, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा उक्त पुस्तकको विमोचन भएको हो ।

पुस्तकको विमोचन नेपाली कांग्रेसका नेता प्रदीप गिरी, लेखक तथा साहित्यकार आहुतिलगायतले गरेका हुन् ।पछिल्लो दुई, अढाई दशकको समयमा प्रा. मिश्रले नेपालको राजनीतिक रुपान्तरणलाई समाजशास्त्रीय दृष्टिले हेर्दा देखिएका परिदृश्यलाई यो पुस्तकमा उतारिएको छ ।

पुस्तकमा लोकतन्त्रको पुँजीवादी आर्थिक जरो खोतल्दै लोक र लोकतन्त्रलाई कमजोर तुल्याउने दलतन्त्रको आलोचना गरिएको छ ! साथै, गणतन्त्र र समावेशिताका लागि योगदान दिएको माओवादी राजनीतिको चिरफार पनि यस पुस्तकमा छ । पुस्तकलाई राजेन्द्र महर्जनले सम्पादन गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्