Logo

सिमा नाकामा अवैध सामान बरामद



बारा । कलैया उपमहानगरपालिका १० बाट सशस्त्र प्रहरी बलको टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान १२ भदौमा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेन्सी सामान, किराना सामान तथा ईलेक्ट्रि«क सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानिय भन्सार कार्यालय बुझाएको जनाएको छ ।

यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा १२ भदौमा बरामद गरेको छ । को.१ ह ५६८२ नम्वरको सिटी रिक्सामा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको जनाएको छ । एपीएफ टोलीले सिटी रिक्सा समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ । लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।

त्यस्तै , रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलियाबाट एपीएफ टोलीले करीव एक लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा भदौ १२ मा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा सहित साईकल समेत सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा साईकल आवश्यक कारवाहीको लागि स्थानयि भन्सार कार्यालय बुझाईएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्